काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको स्थलगत निरीक्षण गर्दै विपद् व्यवस्थापनमा द्रुत उद्धार प्रणाली आवश्यक रहेको बताएका छन् । मंगलबार गृहमन्त्री गुरुङ आफ्नो टोलीसहित बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न रोशी खोला पुगेका हुन् ।
उनले बाढीबाट प्रभावित बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अवलोकन गर्नुका साथै उच्च जोखिममा रहेका क्षेत्रहरूको निरीक्षण गरेका थिए ।
निरीक्षणका क्रममा उनले विपद्को प्रकृतिअनुसार उद्धार टोली परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । गुरुङले विगतमा विपद् व्यवस्थापनमा ढिलाइ हुने गरेको उल्लेख गर्दै अहिलेको रणनीति फरक भएको बताए ।
उनका अनुसार सडक अवरुद्ध हुँदा एम्बुलेन्स वा उद्धार टोली समयमै पुग्न नसक्ने भएकाले हेलिकप्टरमार्फत द्रुत परिचालन गर्ने योजना बनाइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्