काठमाडौँ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घटेको छ । अमेरिका-इरानबीच युद्धबिरामको सम्झौता भएसँगै विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएको हो ।
युद्धबिरामको सम्झौतापछि स्ट्रेट अफ होर्मुज खुला हुने भएसँगै अमेरिकी कच्चा तोलको मूल्य १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९६.३१ डलर र ब्रेन्ट क्रुडको मूल्य १३ प्रतिशतले घटेर ९५.३६ डलरमा झरेको छ ।
विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै नेपालमा के हुन्छ ? भन्ने प्रश्न उठिरहेका बेला नेपाल आयल निगमले भने तत्काल मूल्य नघट्ने संकेत गरेको छ । विश्व बजारमा कच्चा तेलको मूल्य घट्दैमा तत्काल मूल्य समायोजन नहुने निगमले जनाएको छ ।
यसो त सरकारले पेट्रोलियम पदार्थको पैठारीमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । तर पनि पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ र डिजेलमा प्रतिलिटर १२० रुपैयाँ घाटा रहेको निगमको भनाई छ । यद्यपि भारतीय आयल कर्पोरेशनबाट आउने नयाँ मूल्यसूचीले नेपालमा पेट्रोलियम पदार्थको मूल्य कता जान्छ ? भन्ने निर्धारण हुने निगमले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्