Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षीय नरेन्द्र बहादुर धमेना, २७ वर्षीय दर्शना भण्डारी र ५० वर्षीय राजु प्रसाद कुसुवाहा पक्राउ परेका हुन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ परेका धमेनाले बुल्गेरिया पठाउने भन्दै ४ लाख रुपैयाँ, भण्डारीले ग्रिस पठाउने भन्दै ६ लाख रुपैयाँ र कुसुहावाले बेलायत पठाउने भन्दै ४५ लाख १६ हजार ८ सय ९१ रुपैयाँ ठगी गरी फरार भएका थिए ।

उनीहरुले आकर्षक तलबको प्रलोभन पारेर रकम ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK