काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५८ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाले कुल ५८ खर्ब १३ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७८ खर्ब ७२ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी कुल निक्षेपको ७४ प्रतिशत हो । यस अवधिमा सबैभन्दा बढी उपभोग कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । यसअवधिमा कुल १२ खर्ब ७३ अर्ब उपभोग कर्जा प्रवाह भएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले थोक तथा खुद्रा व्यापार क्षेत्रमा १० खर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यस्तै, कृषि, वन, पेय पदार्थ तथा गैरखाद्य उत्पादनतर्फ
त्यस्तै कृषि, वन, वेभरेज र गैरखाद्य उत्पादनतर्फ ९ खर्ब ९५ अर्ब रुपैयाँ, निर्माण क्षेत्रमा २ खर्ब ५१ अर्ब, विद्युत, ग्यास र पानीमा ४ खर्ब ७८ अर्ब, मेटल उत्पादन, मेसिनरी, विद्युतीय सामाग्री एसेम्बलमा ७६ अर्ब, ट्रान्सपोर्ट, कम्युनिकेसन, पब्लिक युटिलिटीमा ८७ अर्ब र फाइनान्स, इन्स्योरेन्स र रियलस्टेट क्षेत्रमा ४ खर्ब २९ अर्ब कर्जा प्रवाह भएको छ ।
त्यस्तै, टुरिजम सर्भिसमा २ खर्ब ६८ अर्ब, अन्य सेवा क्षेत्रमा २ खर्ब २९ अर्ब, स्थानीय सरकारलाई १ अर्ब र अन्य क्षेत्रमा ३ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्