Skip to content
LAXMI SUNRISE BANK

बन्द हुँदै श्रमसम्बन्धी काम गर्ने ‘बिचौलिया’को सटर, पैसा असुल्ने काम तत्काल रोक्न निर्देशन !

अर्थ सरोकार

काठमाडौँ । सरकारले श्रम स्वीकृति सम्बन्धी काम गर्ने ‘बिचौलिया’लाई कारवाही गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारी विभागले श्रम स्वीकृति सम्बन्धी कार्य गर्ने भन्दै प्रचार गर्ने साइबर सेन्टर, तालिम केन्द्र र अन्य संस्थामाथि कारवाही गर्ने जनाएको हो । 

विभागले केही साइबर सेन्टर, इन्स्टिच्युट र संस्थाले ‘श्रम गरिन्छ’, ‘श्रम स्वीकृति सम्बन्धी काम गरिन्छ’ वा ‘श्रम अनलाइन फारम भरिन्छ’ भन्दै सेवाग्राहीलाई भ्रममा पार्ने र रकम असुल्नेजस्ता कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

देशभरका सरकारी कार्यालयलाई ‘बिचौलिया’ निषेध गर्ने सरकारी निर्णय बाबजुत पनि श्रमका नाममा ‘बिचौलिया’ लागि परेको भन्दै विभागले यस्तो काम गैरकानूनी भएको स्पष्ट पारेको छ ।

सोही सूचनामार्फत विभागले यस्ता बोर्ड, होडिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखनलगायतका प्रचारसामाग्री हटाउन निर्देशन दिएको छ । आगामी सोमबार भित्र यस्ता प्रचार सामाग्री नहटाए कारवाही गर्नेसमेत विभागले चेतावनी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK