काठमाडौँ । नेपाली टेलिभिजन क्षेत्रमा पहिलोपटक ‘एक्सन’ शैली समेटिएको रियालिटी शो ‘कमेडी बाज’ को टिजर सार्वजनिक गरिएको छ । शोको टिजरमा एक्सन तत्वलाई विशेष प्राथमिकता दिइएको देखिन्छ, जसले नेपाली रियालिटी शोको प्रस्तुतिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
शोको मूल अवधारणा ‘ब्याटल’ फर्म्याटमा आधारित भएकाले पनि टिजरलाई एक्सनसँगै सुरु गरिएको निर्माण टिमले जनाएको छ । उक्त टिजर Sundar Khanal Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
टिजरमा शोका होस्टहरू सुन्दर खनाल र आरती थापालाई औपचारिक रूपमा सार्वजनिक गरिएको छ । उनीहरूको प्रस्तुति र केमेस्ट्रीले दर्शकमा थप उत्सुकता बढाएको छ ।
निर्माण पक्षका अनुसार अबको एक साताभित्र प्रतियोगी कमेडियनहरूलाई सार्वजनिक गर्दै अर्को प्रोमो पनि ल्याइनेछ । कमेडी बाज आगामी बैशाखको दोस्रो हप्तादेखि Image Channel HD र Sundar Khanal Official युट्युब च्यानलमार्फत प्रसारण हुने तयारीमा रहेको छ ।
यो शोले नेपाली कमेडी रियालिटी क्षेत्रमा नयाँ ट्रेन्ड सेट गर्ने विश्वास गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्