काठमाडौँ । कामना सेवा विकास बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा १९.३७ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा बैंकले कुल ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले कुल ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९.६० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत र सञ्चालन मुनाफा १८.३४ प्रतिशत बढेको छ ।
नाफा बढे पनि समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १६.४६ प्रतिशतले घटेको छ । यता बैंकको निष्क्रिय कर्जा ४.२७ प्रतिशतले बढेर ४.४ प्रतिशत पुगेको छ ।
यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ४९ पैसाले बढेर २० रुपैयाँ ३२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २४.२ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्