Skip to content
LAXMI SUNRISE BANK

गोर्खा मिडियाका पत्रकारलाई तलब दिन श्रम अदालतको फैसला

अर्थ सरोकार

काठमाडौँ । गोर्खा मिडिया नेटवर्क प्रालिका पत्रकारलाई सेवासुविधाको रकम उपलब्ध गराउन श्रम अदालतले फैसला गरेको छ । श्रम अदालतका अध्यक्ष जनक पाण्डे र सदस्य शैलेन्द्रकुमार चौरसियाको इजलासले यस्तो फैसला गरेको हो ।

हाल बन्द भइसकेको गोर्खा मिडियाका ९४ जना पत्रकारले एक वर्षसम्मको पारिश्रमिक पाएका छैनन् ।

पाउनुपर्ने पारिश्रमिक र सेवासुविधा माग गर्दै पत्रकार बासु खड्का र गौतम रेग्मीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कानून बमोजिम सेवासुविधा बापतको रकम उपलब्ध गराउन फैसला गरेको हो । 

उक्त मिडियाका सञ्चालक गितेन्द्रबाबु राई (जीबी राई) हाल फरार छन् । सोही मिडियामार्फत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK