Skip to content
LAXMI SUNRISE BANK

देशले रोजगारी नदिएपछि परदेशी पहाडमा मान्छे बोक्दैछन् नेपालीहरु… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुका लागि पवित्र स्थलका रुपमा रहेको चारधाममध्ये उत्तराखण्डमा पर्ने यमुनोत्री धाममा अधिकांश भरियाहरु नेपाली रहेको पाइएको छ । धाम जाने यात्रु र सामान बोक्ने सबैजसो भरिया नेपाली रहेको पाइएको हो ।

देशमा रोजगारी नपाएपछि भरियाको काम गर्नुपर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् ।

यमुनोत्री धाममा भरियाको काम गर्ने अधिकांश अछाम, कालिकोट र सल्यानका नेपालीहरु छन् । देशमा रोजगारी नपाएपछि काम गर्नकै लागि उत्तराखण्ड पुगेका उनीहरु धाम जाने यात्रु र यात्रुका सामान बोकेर करिब ५ किलोमिटर उकालो र ओरालो गर्छन् ।

उनीहरुको दैनिकी नै यात्रु र यात्रुका सामानलाई बाकेर यमुनोत्री धामसम्म पुग्ने र फर्किने हो । यही भरियाकै काम गरेर परिवार पालिरहेको उनीहरुले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK