काठमाडौँ । काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालयको पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५ गतेदेखि सञ्चालन हुने जनाएको छ ।
महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते सूचना जारी गर्दै नेपाल सरकारको निर्णय तथा काठमाडौँ उपत्यका मेयर्स फोरमको अनुरोधलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको जनाएको हो ।
सूचनाअनुसार नयाँ शैक्षिक सत्रको प्रारम्भ, शिक्षक, कर्मचारी तथा विद्यार्थीमा परेको प्रभाव, विद्यालय व्यवस्थापन समितिको तयारी तथा समग्र शैक्षिक अवस्थाको विश्लेषणपछि सरोकारवालामा उत्पन्न द्विविधा हटाउन आवश्यक देखिएकाले यो निर्णय गरिएको हो ।
महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य समितिको वैशाख १० गतेको निर्णयअनुसार शैक्षिक सत्र २०८३ का पठनपाठनसहित सम्पूर्ण शैक्षिक क्रियाकलाप वैशाख १५ गतेदेखि नियमित रूपमा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइएको छ ।
शिक्षा विभागले महानगरभित्रका सबै विद्यालय, विद्यालय निरीक्षक, स्रोत शिक्षक तथा सम्बन्धित सरोकारवालालाई सूचना कार्यान्वयन गर्न आग्रह गरेको छ । साथै सूचना प्रविधि विभागलाई उक्त सूचना महानगरपालिकाको वेबसाइटमा अपलोड गर्न पनि निर्देशन दिइएको छ ।
विभागीय प्रमुख नमराज ढकालद्वारा जारी सूचनामा विद्यालय सञ्चालनमा आवश्यक समन्वय, सहजीकरण तथा सूचना प्रवाह प्रभावकारी बनाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । महानगरपालिकाले अभिभावक, विद्यार्थी तथा शिक्षकहरूलाई निर्धारित मितिदेखि विद्यालय सञ्चालनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्