काठमाडौँ। एटिएमबाट पैसा झिक्दा रकम खाताबाट काटिने तर नगद नआउने समस्या पछिल्लो समय धेरै हुने गरेको पाइएको छ। अर्थसरोकार डटकममा पनि पछिल्लो समय एटिएममा पैसा झिक्न गाको ब्यालेनस काटियो तर पैसा आएन भन्ने गुनासो धेरै नै आइरहेको छ। र यस्तो समस्याले धेरैलाई झन्झटमा पारेको गुनासो पनि पछिल्लो समय बढ्दै गएको पाइएको हो।
एटिएमबाट पैसा झिक्दा रकम खाताबाट काटिने तर नगद नआउने समस्या तपाईंहरूमा आइहाल्यो भने बैंकलाई तुरुन्तै खबर गर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूबाट यस्तो गुनासो व्यापक रूपमा आउन थालेपछि यो विषयले सर्वसाधारणको ध्यान केन्द्रित गरेको छ। विशेषगरी भीडभाड हुने समय, प्राविधिक गडबडी, नेटवर्क अवरोध, तथा एटिएम मेसिनको नियमित मर्मतसम्भार नहुनुजस्ता कारणले यस्तो समस्या देखा पर्ने गरेको बैंकरहरूले उल्लेख गरेका छन्।
तर, ग्राहकहरूले भने यस्तो समस्याले आफुहरूलाई धेरै नै घाटा पुराइरहेको उल्लेख गरेका छन्। अर्थासरोकरसंग कुराकानी गर्दै एक व्यक्तिले भने, ४ बजेको थियो, म सँग क्यास थिएन, म एक विद्यार्थी हुँ, र म सँग पैसा हुँदैन, पाँच ६ हजार बुवा आमाले पठाईदिनु हुन्छ, सोही पैसाले मेरो खर्च टर्छ, म पैसा झिक्न एटिएम गए, पैसा खाताबाट काटियो तर क्यास बाहिर आएन, म १० , १५ मिनेट एटिएम नजिक नै बसे, तर पैसा आएन, सामाजिक संजालमा सुनेको थिए, यस्तो समस्या आए बैंकमा तुरुन्त खबर गर्नु, खबर गरे, २४ घण्टा भटरा पैसा रिटन हुन्छ भन्नु भयो, मैले सुरू मै भने मा एक विद्यार्थी हुँ, मा सँग अब एक रुपैयाँ पनि छैन, हाल मलाई पैसा चाहिएको भएर मैले पैसा झिक्न आएको हो, के अब म २४ घण्टा भित्र पर्खिनु, केही न खाई बस्नु, मेरो आवश्यकता अब २४ घण्टा पछि मात्र पुरा हुनेभयो, यस्तो समस्या २४ घण्टा भित्र होइन २४ मीनेट भित्र पुरा हुनुपर्यो, मेरो यही गुनासो छ।’
अब बुझौँ कहिले सुरु भयो नेपालमा एटिएम सेवा ?
नेपालमा एटिएम सेवा पहिलो पटक २०५२ साल अर्थात् सन् १९९५ मा हिमालयन बैंकले सञ्चालनमा ल्याएको थियो। काठमाडौंमा स्थापना गरिएको उक्त पहिलो एटिएम मेसिनले नेपाली बैंकिङ क्षेत्रमा डिजिटल सेवाको सुरुवात गराएको मानिन्छ। सो समयसम्म बैंकिङ सेवा काउन्टरमा मात्र निर्भर थियो, जहाँ ग्राहकले नगद झिक्न वा अन्य सेवा लिन लामो लाइन बस्नुपर्ने अवस्था थियो। एटिएम संचालनमा आएसँगै २४ घण्टा नगद झिक्न सकिने सुविधा ग्राहकहरूका लागि निकै नै सहज भएको छ। सुरूमा एटिएम सेवा सीमित ग्राहक र स्थानमा मात्र केन्द्रित रहेको थियो। धेरै मानिसहरूलाई यसको प्रयोगबारे जानकारी कम थियो, साथै कार्ड प्रयोग गर्ने बानि विकसित भइसकेको थिएन।
तर, बिस्तारै बैंकहरूले प्रविधिमा लगानी बढाउँदै लगेपछि अन्य बैंकहरू जस्तै नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इनभेष्टमेन्ट बैंक लगायतले पनि एटिएम सेवा विस्तार गर्न थाले। योसँगै एटिएम कार्ड वितरण, डेबिट कार्डको प्रयोग र अन्तरबैंक नेटवर्कको विकासले सेवा अझ सहज र पहुँचयोग्य बनाएको हो। तर, हाल भने नेपालभर हजारौँ एटिएम मेसिनहरू सञ्चालनमा रहेका छन्। जुन सहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म विस्तार हुँदै गएका छन्। एटिएम सेवा अहिले नगद झिक्ने मात्र नभई ब्यालेन्स चेक गर्ने, मिनी स्टेटमेन्ट निकाल्ने, मोबाइल रिचार्ज गर्ने, पिन परिवर्तन गर्ने जस्ता विभिन्न सेवाहरू प्रदान गर्न सक्षम भइसकेको छ।
पछिल्लो समय डिजिटल बैंकिङ, मोबाइल बैंकिङ र क्यूआर भुक्तानी प्रणालीको विकाससँगै एटिएमको भूमिका केही परिवर्तन भए पनि नगद कारोबारका लागि यसको महत्व धेरै नै छ। तर पनि महत्व धेरै भए पनि कहिले कहिं यसले धेरै नै झन्झट सिर्जना गर्ने गर्छ।
किन आउँछ एटिएम मेसिनमा पैसा झिक्दा समस्या ?
ग्राहकहरूले एटिएम मेसिनबाट रकम झिक्ने प्रयास गर्दा स्क्रिनमा ‘ट्रान्जेकसन सकसेसफुल’ देखिए पनि नगद बाहिर नआउने र खाताबाट भने रकम तुरुन्तै काटिने अवस्थाले सेवाग्राहीहरूलाई ठूलो झन्झटमा पारेको छ। कतिपय अवस्थामा रकम स्वत: फिर्ता हुन केही घण्टा वा दिन लाग्ने गरेको छ भने केही ग्राहकले लामो समयसम्म पनि रकम फिर्ता नपाएको गुनासो गरेका छन्।
बैंकका अनुसार यस्तो समस्या प्राय: कमसल नेटवर्क, सर्वर डाउन हुनु, वा एटिएममा नगद सकिनु जस्ता कारणले हुने गर्दछ। यद्यपि, यस्ता समस्याबाट ग्राहकहरूलाई सुरक्षित राख्न बैंकहरूले विभिन्न सुरक्षा प्रणाली प्रयोग गरिरहेका हुन्छन्। तर व्यवहारमा ती प्रणालीहरू पर्याप्त प्रभावकारी नभएको भन्दै आलोचना पनि धेरै ग्राहकहरूले गर्दै आइरहेका छन्। यस्तो समस्याबाट बच्न र समस्या आइहालेमा के गर्ने भन्नेबारे बैंकहरूले ग्राहकलाई सचेत गराउँदै आएका छन्।
यदि एटिएमबाट पैसा झिक्दा नगद नआए पनि खाताबाट रकम काटिएको छ भने तुरुन्तै सम्बन्धित बैंकलाई जानकारी गराउनु अत्यन्त आवश्यक हुन्छ। ग्राहकहरूले एटिएम बुथको स्थान, मिति, समय, र ट्रान्जेक्सनको विवरण स्पष्ट रूपमा उपलब्ध गराउनुपर्ने हुन्छ। यसले बैंकलाई समस्या पहिचान गर्न र रकम फिर्ता प्रक्रियालाई छिटो बनाउन मद्दत पुर्याउँछ।
नेपाल राष्ट्र बैंकले पनि यस विषयलाई गम्भीर रूपमा लिँदै बैंक तथा वित्तीय संस्थाहरूलाई एटिएम सेवामा सुधार गर्न निर्देशन दिएको छ। ग्राहकको गुनासो सम्बोधन गर्न छिटो र प्रभावकारी प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ। साथै, एटिएम मेसिनहरूको नियमित अनुगमन, मर्मतसम्भार, र पर्याप्त नगद उपलब्ध गराउने विषयमा पनि बैंकहरूलाई सचेत गराइएको छ।
यता ग्राहकहरूले पनि केही सावधानी अपनाउनुपर्ने बैंककरहरूले सुझाव दिएका छन् । सकेसम्म विश्वासिलो र कम भीड हुने एटिएम प्रयोग गर्ने, ट्रान्जेक्सन गर्दा स्क्रिनमा देखिने सन्देश ध्यानपूर्वक पढ्ने, र रकम नआएमा तुरुन्तै अर्को ट्रान्जेक्सन नगर्ने जस्ता उपायहरू अपनाउँदा जोखिम कम गर्न सकिन्छ।
के के छन् एटिएम मेसिन प्रयोग गर्दा अपनाउनु पर्ने सावधनीहरू
१. एटिएम प्रयोग गर्दा सधैं उज्यालो र सुरक्षित स्थानमा रहेको मेसिन मात्र प्रयोग गर्नुहोस्
२. आफ्नो पिन नम्बर गोप्य राख्नुहोस् र अरू कसैले नदेख्ने गरी टाइप गर्नुहोस्
३. एटिएम कार्ड कसैलाई पनि नदिनुहोस्, चाहे त्यो सहयोग गर्ने व्यक्ति नै किन नहोस्
४ . पैसा झिकेपछि नगद गन्दै बाहिर नहिड्नुहोस्
५. एटिएम प्रयोग सकेपछि क्यानसिल बटन थिचेर सेसन अन्त्य भएको सुनिश्चित गर्नुहोस्
६ . कुनै समस्या आएमा अपरिचित व्यक्तिको सट्टा बैंकको आधिकारिक नम्बरमा सम्पर्क गर्नुहोस्
७. भीडभाडमा कसैले हेर्न सक्छ, त्यसैले आफ्नो कारोबार गोप्य राख्नुहोस्
८. एटिएम प्रयोग गर्दा मोबाइलमा व्यस्त नहुनुहोस्, वरिपरिको अवस्थाबारे सचेत रहनुहोस्
९ . कार्ड हराएमा वा गलत कारोबार देखिएमा तुरुन्तै बैंकलाई खबर गरेर आवश्यक कदम चाल्नुहोस्
१० . रातको समयमा एक्लै एटिएम प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोस्
भनिन्छ नि धेरै सुविधा लिंदा थोरै झन्झट त पक्कै आइहाल्छ। एटिएम सेवा सहज र भरपर्दो बनाउने जिम्मेवारी बैंकहरूको भए पनि ग्राहकहरूको सतर्कता पनि उत्तिकै आवश्यक हुने गर्छ । त्यसैले एटीएम प्रयोग गर्दा ध्यान दिएर हतार नगरी प्रयोग गर्नुहोला। २०५२ सालमा सुरु भएको एटिएम सेवाले नेपालमा बैंकिङ क्षेत्रलाई परम्परागत प्रणालीबाट आधुनिक डिजिटल प्रणालीतर्फ रूपान्तरण गर्न महत्वपूर्ण योगदान दिएको छ। आगामी दिनमा पनि थप प्रविधिको विकाससँगै एटिएम सेवा अझ सुरक्षित, छिटो र ग्राहकमैत्री बन्ने अपेक्षा सर्वसाधारणहरूले गरेका छन्। भिडियोसहित:
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्