Skip to content
LAXMI SUNRISE BANK

५ रुपैयाँ नहुँदा अफ्ठ्यारो परेको छ ? ५ रुपैयाँको विगत र त्यही ५ रुपैयाँको भविष्य बुझौँ… (भिडियोसहित)

मंजिला पाण्डे

काठमाडौँ। नेपाली पाँच रुपैयाँको नोट नेपालका साना दरका नोटमध्ये एक हो। र यो नोट अहिले पनि प्रचलनमा छ र देशभर साना कारोबारहरूमा यसको प्रयोग हुने गर्छ। नेपालमा ५ रुपैयाँको नोटको प्रचलन ऐतिहासिक रूपमा सन् १९४५ अर्थात (वि.सं. २००२) को आसपासमा सुरु भएको मानिन्छ। सन् १९४५ देखि १९५५ को बीचमा सदर मुलुकी खानाले जारी गरेका सुरुवाती नोटहरूमा ५ रुपैयाँ पनि समावेश थियो।

हाल प्रचलनमा रहेका ५ रुपैयाँका नोटहरूमा विभिन्न समयमा सगरमाथा, पशुपतिनाथ मन्दिर, तलेजु भवानी मन्दिर र याकको चित्रहरू अंकित गरिएका छन्।

यो दरको नोट पहिलो पटक नेपालमा राजतन्त्रको समयमा जारी गरिएको थियो, जसमा राजाको तस्बिर समावेश गरिएको हुन्थ्यो। पछि नेपालमा राजतन्त्र अन्त्य भएपछि नेपाल राष्ट्र बैंकले नयाँ श्रृंखला जारी गर्‍यो, जसमा राजाको तस्बिर हटाएर राष्ट्रिय चिन्हहरू र सांस्कृतिक प्रतीकहरू समावेश गरिएका छन्।

नेपाली ५ रुपैयाँको नोट नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको सानो मूल्यको मुद्रा हो। जुन हामीहरूले दैनिक साना किनमेल तथा छुट्टा पैसाको रूपमा प्रयोग गरिरहेका छौँ। यो नोटको अगाडि भागमा सगरमाथाको तस्वीर र राष्ट्रिय चिन्हहरू देखिन्छन् भने पछाडि भागमा हिमाली क्षेत्रमा पाइने याक जनावरको चित्र राखिएको हुन्छ। नेपालमा राजतन्त्र हुँदा यस्ता नोटहरूमा राजा बिरेन्द्रको तस्वीर राखिने गरिन्थ्यो। तर २०६५ सालमा नेपाल गणतन्त्रमा परिणत भएपछि नोटहरूको डिजाइन परिवर्तन गरी राजाको तस्वीर हटाइयो थियो। र त्यसको सट्टा देशका प्राकृतिक सम्पदा, वन्यजन्तु तथा सांस्कृतिक चिन्हहरूलाई प्राथमिकता दिइएको हो ।

५ रुपैयाँको सिक्का पनि कुनै समय प्रचलनमा थियो, तर अहिले यसको प्रयोग निकै कम भइसकेको छ र नोट नै बढी चलनचल्तीमा छन् । यद्यपि यसको मूल्य सानो भए पनि, यो नोट नेपाली अर्थतन्त्रको आधारभूत कारोबारमा उपयोगी छ र सर्वसाधारणको दैनिक जीवनमा प्रयोग भईरहेको छ।

५ रुपैयाँको महत्तो धेरै नै छ। अहिले पनि मन्दिरमा दान गर्ने, पूजा गर्ने, वा धार्मिक कार्यमा पाँच रुपैयाँ धेरै नै प्रयोग गरिन्छ। वा भनम ५ रुपैयाँ भेटीको रुपमा पनि धेरै नै प्रयोग गर्ने गरिन्छ। यसले आर्थिक मूल्यभन्दा बढी सांस्कृतिक र भावनात्मक महत्व राखेको छ। नेपाली पाँच रुपैयाँ सानो देखिए पनि यसको आफ्नै ठूलो महत्त्व छ। यो केवल एउटा सिक्का वा नोट मात्र नभई हाम्रो दैनिक जीवनको महत्वपूर्ण भाग हो।

पाँच रुपैयाँले सानोसानो आवश्यकताहरू पूरा गर्न मद्दत गर्दछ। यतिसम्मकी विद्यालय जाने बालबालिकाले पनि ५ रुपैयाँ दिनु न मामु बाबा चकलेट खान्छु, रिवन किन्छु, चुइगम खान्छु, लेख्नको लागि पेन्सिल किन्छु भनेको सुनिन्छ।

अब बुझौ ५ रुपैयाँमा के के आउँछ ?

आज भोलि ५ रुपैयाँमा के आउँछ र ? भन्नेहरूका लागि यो मेरो जवाफ, ५ रुपैयाँमा धेरै कुरा आउने गर्छ। जस्तै की ५ रुपैयाँमा चकलेट, बिस्कुट, कुल्फी लगायतका चिजविजहरू पनि हामीले किन्न सक्छौ। यतिसम्मकी पाँच रुपैयाँमा श्रीङ्गगारका सामग्री पनि पाउन सकिन्छ। बाजारमा हामीले ५ रुपैयाँमा रिवन, धागो, कपालमा लगाउने काँटा, टप तथा अन्य साना सामग्रीहरू पाउन सकिन्छ।

यता विद्यालय जाने साना बालबालिकाहरू बिहान बेलुका ५ रुपैयाँ दिनु न भनेर मागेको दृश्य हाम्रो समाजमा देख्न सकिन्छ। उनीहरूको सानो चाहना र रमाइला इच्छाहरू सुन्दा कहिलेकाहीँ हामीलाई हाँसो लाग्छ । तर ती बालबालिकाहरूका लागि ५ रुपैयाँको मूल्य निकै ठूलो हुन्छ, किनकि त्यही सानो रकमले उनीहरूका साना खुशीहरू पूरा हुन्छन्।

बालबालिकाहरूको सोच सरल र निर्दोष हुन्छ। उनीहरूलाई धेरै महँगो वस्तु चाहिँदैन, सानो रकममै उनीहरूले खुशी खोजिरहेका हुन्छन्। विद्यालय जाँदा बाटोमा भेटिने पसलहरूमा ५ रुपैयाँमै पाइने चकलेट, बिस्कुट, कुल्फी जस्ता खानेकुराले उनीहरूको दिन रमाइलो बनाइदिन्छ।

त्यसैगरी, ५ रुपैयाँको टीका, सानो खेलौना, वा रिवन जस्ता सामग्री पनि उनीहरूका लागि विशेष महत्व राख्छ। साना-साना कुरा भए पनि ती वस्तुहरूले उनीहरूको मनमा ठूलो खुशी ल्याउँछन्। उनीहरू साथीहरूसँग बाँडेर खाने, साटासाट गर्ने, वा देखाएर रमाउने गर्छन्। यसले उनीहरूको मित्रता अझ गाढा बनाउँछ र बाल्यकाललाई अझ रंगीन बनाउँछ। त्यसैले पाँच रुपैयाँले पनि हरेक व्यक्तिको जीवनमा ठुलो भूमिका खेलेको हुन्छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK