काठमाडौँ । प्रभु बैंक लिमिटेडले हस्पिटल एण्ड रिहाबिलेसन सेन्टर फर डिजेबल चिल्ड्रेन(एचआरडीसी)लाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, जनागाल, बनेपा–११, काभ्रेपलाञ्चोक स्थित एचआरडीसीलाई ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो ।
उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरुमा बसोबस गर्ने शारीरिक रुपमा अशक्त तथा विपन्न बालबालिकाहरुको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनस्र्थापना सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न एचआरडीसीलाई सहयोग पुग्ने छ ।
एक कार्यक्रमका बिच प्रभु बैंक लिमिटेडका तर्फबाट मार्केटिङ्ग म्यानेजर सबिन सम्शेर राणाले एचआरडीसीका प्रमुख प्रशासन अधिकृत प्रकाश कुमार यादवलाई चेक हस्तान्तरण गरिएको हो ।
प्रभु बैंक लिमिटेडका नेपालभर ३०० शाखा कार्यालयहरु, २६१ एटीएमहरु साथै ६६ एक्सटेन्सन काउन्टरहरु मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकवर्गहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूूल नाराका साथ गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेकोे छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्