Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ५.७३ अंकले घट्यो नेप्से परिसूचक, बजार २७३८.७२ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ९१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङस मिल्सको भएको छ । यस कम्पनीको २६ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा श्रीनगर अग्रिटेकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १२ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK