Skip to content
LAXMI SUNRISE BANK

पेट्रोलको मूल्य २ र डिजेलको मूल्य १२ रुपैयाँले घट्यो

अर्थ सरोकार

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार बिहीबार रातीदेखि नै लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य २ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य १२ रुपैयाँले घटाइएको छ । 

योसँगै पेट्रोलको मूल्य काठमाडौँ, दिपायल र पोखरामा प्रतिलिटर २ सय १७ रुपैयाँ पुगेको छ । यसअघि सुर्खेत र दाङमा प्रतिलिटर २ सय १८ रुपैयाँ रहेको पेट्रोल घटेर २ सय १६ रुपैयाँ पुगेको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा २ सय १४ रुपैयाँ ५० पैसा पुगेको छ ।

पेट्रोल र डिजेलको मूल्य घट्दा हवाई इन्धनको मूल्य भने बढाइएको निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ ७ रुपैयाँले बढाइएको छ । अन्तराष्ट्रियतर्फ प्रतिकिलोलिटर ४६ डलर बढाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK