Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै ४५ जनाबाट तीन करोड ठगी, ७ जना प्रहरीको फन्दामा !

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई जापान, कोरिया र अमेरिकामा आकर्षक तलब प्राप्त हुने रोजगारी मिलाइदिने भनेर ४५ जनाबाट रु तीन करोड १४ लाख ठगेको अभियोगमा बिहीबार पक्राउ गरिएको हो ।

तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्रीलाई पक्राउ गरिएको हो । अभियुक्त लिम्बू र मगरले जापानको प्रलोभनमा पारेर ११ जनाबाट रु एक करोड दुई लाख उठाएका थिए ।

त्यसैगरी, शेर्पाले फ्रान्सको प्रलोभनमा पारेर पाँच जनाबाट रु २८ लाख, थापाले कोरिया पठाइदिन्छु भन्दै २६ जना पीडितहरूबाट एक रु करोड ५० लाख, कोइरालाले अमेरिका पठाउने भन्दै २ लाख, गौतमले ग्रिस पठाउने भन्दै एक जनाबाट रु १७ लाख र खत्रीले पनि ग्रिस पठाउने भन्दै एक जनाबाट १७ लाख असुलेका जनाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK