काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । अवैध सम्पत्ति लुकाएको आशंकामा विभागले बानियाँको घर र कार्यालयमा छापा मारेको हो ।
विभाग स्रोतका अनुसार बानियाँको हेटौँडास्थित घर र हेटौँडामै रहेको बानियाँ निर्माण सेवामा छापा मारिएको छ । विभागले उनको घर र कार्यालयबाट केही कागजपत्र समेत नियन्त्रणमा लिएको छ ।
नेपाली काँग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध थिए ।
उनको सम्पत्ति र कारोबारमा अस्वभाविक गतिविधि देखिएपछि उनीमाथि अनुसन्धान अघि बढाइएको छ । सोही क्रममा उनको घर र कार्यालयमा छापा मारिएको विभाग स्रोतले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्