काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औद्योगिक सम्पत्तिको संरक्षण गर्न सरकार सजग रहेको बताएकी छिन् । मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री यादवले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रसँग सम्बन्धमा आवश्यक नीति तथा कार्यक्रमहरुको तर्जुमा गरी निजी क्षेत्र तथा दातृ निकायहरुसँगको समन्वयमा त्यसलाई कार्यान्वयनमा लैजाने कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेकी छिन् ।
आन्तरिक तथा अन्तराष्ट्रिय व्यापार र लगानी प्रवर्द्धन गर्न पनि सरकारले सक्दो पहल गरिरहेको उद्योगमन्त्रीको भनाई छ । औद्योगिक पूर्वाधारको व्यवस्था गर्न पनि सरकार क्रियाशील रहेको मन्त्री यादवले बताएकी छिन् ।
त्यस्तै, मन्त्री यादवले सरकारले हाल सञ्चालित कार्यक्रमहरुको अनुगमनको कामलाई पनि तिव्रता दिएको बताएकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्