काठमाडौँ । उत्तरी गोरखाकाे धार्चे गाउँपालिका-५ मा अवस्थित सिङ्लामा झुरुप्प बस्ति, करिब २ सय भन्दा धेरै घरधुरी रहेको छ । गुरुङ समुदायको बसोबास रहेको सिङ्ला गाउँ समुद्र सतहदेखि करिब २१०० मिटरमा अवस्थित छ ।
गुप्सिपाखा, लाप्राक गाउँदेखि करिब २.३० घण्टा दुरीमा रहेको यो गाउँ लोवर मनास्लु ट्रेकिङु पदमार्ग अन्तर्गत पर्दछ । यहाँको प्रमुख पेशा कृषि, ट्रेकिङ र वैदेशिक रोजगार हो । २०७२ सालको भूकम्पले सम्पूर्ण गाँउ खण्डहर बनेको थियो । हाल गाउँ विस्तारै उठ्न थालेको छ ।
गोरखा जिल्लाको निकै दुर्गम गाउँका रुपमा रहेको सिङ्लामा कच्ची ट्रयाक खोलिए पनि सवारी साधन भने अहिले सम्म पनि पुग्न सकेको छैन जसका कारण सो गाउँका स्थानीयहरु घण्टौ पैदल हिँड्न बाध्य छन् । जिल्लाकै माछाखोला, लाप्राक र बारपाकदेखि खाद्यन्न लगायत दैनिक उपभोग्य सामान बोकेर र खच्चर प्रयोग गरेर घण्टौ समय लगाएर त्यहाँ पुर्याउने गरिन्छ ।
पर्यटकीय दृष्टिकोणले अतिनै सुन्दर यस गाउँबाट गणेश, श्रिङ्गि, बौद्ध लगायत हिमालको अवलोकन गर्न सकिन्छ । गाउँबाट करिब २ घण्टाको उकालो दुरीमा ३२५० मिटरमा अति रमणीय रुकाङ डाँडा पर्दछ । गाउँमा गुरुङ समुदायको रहनसहन, संस्कृति, अर्गानिक खाना र मिठो आतिथ्यको स्वाद लिन पाइन्छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्