काठमाडौँ । नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष वा सदस्य बन्न अब इञ्जिनियरिङ विषयमा स्नातकोत्तर उत्तीर्ण व्यक्तिहरू पनि योग्य हुने भएका छन् । सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ मार्फत बिमा ऐन २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसअघि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा स्नातकोत्तर उपाधि र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव अनिवार्य थियो ।
संशोधनपछि उक्त सूचीमा इञ्जिनियरिङ विषय पनि थपिएको छ । साथै, अध्यक्ष वा सदस्य बन्न उच्च नैतिक चरित्र भएको र कानुनअनुसार अयोग्य घोषित नभएको हुनुपर्ने व्यवस्था यथावत राखिएको छ । उक्त अध्यादेश गत आइतबार प्रमाणीकरण भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्