Skip to content
LAXMI SUNRISE BANK

बुधबार १.६४ अंकले घट्यो नेप्से परिसूचक, बजार २७११.२२ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक १.६४ अंकले घटेर २७११.२२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३६ कम्पनीको ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब १९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोपावरको भएको छ । यस कम्पनीको २२ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK