Skip to content
LAXMI SUNRISE BANK

सरकारको परिपत्रपछि सर्ने भयो एमालेको पार्टी कार्यालय, छलफलमा जुटे नेताहरु

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय पार्टी कार्यालय सानुपर्ने भएको छ । सरकारले लिजमा परिणत नभएका जग्गा खाली गर्न परिपत्र गरेसँगै एमालेले च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय सार्नुपर्ने भएको हो । 

भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार देशभर ३ सय ४२ संस्थाले सरकारी जग्गाको भोगाधिकार लिएका छन् । 

धेरै जग्गा लिजमा परिणत भएका छैनन् । त्यहीमध्ये नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित जग्गा पनि परेको छ । योसँगै अब एमालेले पनि सो जग्गा खाली गर्नुपर्ने भएको छ । 

हाल एमालेको पार्टी कार्यालय रहेको भवन तुलसीलाल स्मृति प्रतिष्ठानको हो । सरकारले २०७३ सालमै लिजमा परिणत गर्न निर्देशन दिए पनि सो जग्गा लिजमा परिणत भएको थिएन । सोही भवन तुलसीलाल प्रतिष्ठानले एमालेलाई २०७८ सालदेखि भाडामा लगाएको थियो । 

हाल उक्त जग्गा खाली गर्न सरकारले परिपत्र गरेपछि एमालेको पार्टी कार्यालय सार्नुपर्ने भएको छ । पार्टी कार्यालय सार्नेबारे एमाले नेताहरु छलफलमा जुटेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK