Skip to content
LAXMI SUNRISE BANK

उँधोगतिमा सलिको, बदमासी गरेपछि कारवाहीमा, नाफा पनि घट्यो !

अर्थ सरोकार

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को नाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म (चैत मसान्तसम्म) कम्पनीको नाफा ४७.१३ प्रतिशतले घटेको हो । चैत मसान्तसम्म कम्पनीले कुल १३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा कुल २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीले कुल २ अर्ब ९७ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीले १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क कमाएको छ । गत आर्थिक वर्षको समीक्षा अवधिमा कम्पनीले १ अर्ब २९ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क कमाएको थियो ।

चैतसम्म्मा कम्पनीको रिटेन्ड अर्निङमा १८ करोड ८१ लाख रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ६७ लाख र अन्य इक्विटीमा ५३ करोड ९४ लाख रुपैयाँ सञ्चित छ । २ अर्ब ६२ करोड २६ लाख चुक्ता पुँजी रहेको कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रहेको छ भने कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ७७ पैसा, प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात ८९.६३ गुणा रहेको छ ।

यसो त यो त्यही कम्पनी हो, जसलाई केही दिनअघि मात्र नेपाल बीमा प्राधिकरणले कारवाही गरेको थियो । ‘सम्पत्ति बीमा निर्देशन २०८०’ को दफा २५ (२) को व्यवस्था अनुसार बीमा कम्पनीले जारी गर्ने बीमालेखको बीमा शुल्कमा कुनै प्रकारको छुट, रिहायत, कटौती वा सहुलियत दिन नपाइने उल्लेख छ । तर, कम्पनीले उक्त व्यवस्थाको पालना नगरेको पाइएपछि प्राधिकरणले सलिकोलाई कारवाही गरेको थियो ।

प्राधिकरणका अनुसार कारवाही परेको सगरमाथा इन्स्योरेन्सलाई ‘बीमा ऐन २०७९’ को दफा १३८ को उपदफा (४) खण्ड (क) बमोजिम दुई लाख जरिवाना तिराइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK