Skip to content
LAXMI SUNRISE BANK

चोरी भएका ६५ दुईपाङ्ग्रे सवारी धनीलाई फिर्ता, ट्राफिक प्रहरीलाई खादा लगाएर धन्यवाद (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ६५ वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ । 

आइतबार एक कार्यक्रमका बीच ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट चोरी भएका सवारी फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

आफ्नो सवारी फिर्ता पाएपछि सवारीधनीहरूले खादा लगाएर ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् ।

सोही क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट यातायात व्यवस्था विभागमा पटक-पटक कारबाहीमा परेका ३१ वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि सिफारिस गरिएको एमएसपी नवराज अधिकारीले जानकारी दिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK