Skip to content
LAXMI SUNRISE BANK

दुई दिनभित्रै एसइईको रिजल्ट ल्याउने तयारी !

अर्थ सरोकार

काठमाडौँ । अबको दुई दिनभित्रै माध्यामिक शिक्षा परीक्षा (एसइई)को रिजल्ट सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अब दुई दिनभित्रै एसइईको रिजल्ट सार्वजनिक गर्ने तयारी गरेको हो । 

रिजल्ट सार्वजनिक गर्नका लागि परीक्षाफल इन्ट्री गरिसकेको बोर्डले हाल रुजु गर्ने काम गरिरहेको छ । 

हाल रुजु गर्ने काम पनि अन्तिम चरणमा पुगिसकेको भन्दै अब पर्सी (मंगलबार) सम्म परीक्षा सार्वजनिक गर्ने परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताएका छन् । 

उनका अनुसार यसवर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण भएकाले छिटो रिजल्ट सार्वजनिक गर्न लागिएको हो । यसवर्ष चैत १९ देखि २९ सम्म सञ्चालन भएको एसइई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थीले फारम भरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK