काठमाडौँ । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
विद्यार्थी संगठन खारेजीको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाउन पनि आदेश दिएको छ ।
सरकारले अध्यादेशबाट विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेसँगै एमाले निकट अनेरास्ववियु, नेकपा निकट अनेरास्ववियु क्रान्तिकारी लगायतका संगठनहरुले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा उनीहरुले विद्यार्थी संगठन खारेजीको निर्णय नै खारेज गर्न माग गरेका छन् ।
यता सर्वोच्चले विद्यार्थी संगठनहरुले दायर गरेको रिटमा माग गरेअनुसारको आदेश किन नदिने ? भन्ने प्रश्नको जवाफ दिन पनि सरकारलाई आदेश दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्