Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा कुन दिन लगानी गर्ने ? कुन दिन नगर्ने ? जेठ महिनाको आर्थिक राशीफल ! (भिडियोसहित)

मंजिला पाण्डे

मेष राशि

मेष राशि भएका व्यक्तिहरूका लागि जेठ महिना समग्रमा ७५ प्रतिशत राम्रो देखिन्छ। तर, २५ प्रतिशत व्यक्तिलाई नराम्रो हुने देखिन्छ। मेष राशिका व्यक्तिलाई घर बनाउने वा जग्गा जोड्ने सोच छ भने यो महिना योजना सुरु गर्न, कागजी काम मिलाउन र परिवारसँग सल्लाह गरेर अघि बढ्दा राम्रो हुने देखिन्छ। तर हतारमा ठूलो आर्थिक निर्णय नगर्नु होला । जागिरमा नयाँ जिम्मेवारी वा अवसर आउने देखिन्छ। परिवारमा कहिलेकाहीँ सानो मनमुटाव भए पनि धैर्य र नरम बोलीले सम्बन्ध बलियो बनाउनु होला। अनावश्यक ऋण वा खर्चबाट जोगिनुहोला, मनमा धेरै चिन्ता छ भने आध्यात्मिक रूपमा बिहान सूर्यलाई जल चढाउने, हनुमान चालीसा वा मंगल मन्त्र जप गर्ने र मंगलवार दान र पुण्य गर्नुहोला, सकारात्मक ऊर्जा बढ्ने छ।

यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १, ४ र २९ गते गर्नुहोला, राम्रो हुने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार र शुक्रबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। यो महिनामा सेयर बजारमा बिहीबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि जेठ ७ र २१  गते अति अशुभ भएकाले विशेष ध्यान दिनु पर्ने देखिन्छ। यो महिनामा मेष राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने पहेंलो रंग अशुभ देखिन्छ। मेष राशीलाई यो महिनामा २ , ६ र ८ अंक शुभ देखिन्छ भने ५ , ७ र ९ अंक अशुभ देखिएको छ।

वृष राशि

वृष राशि भएका व्यक्तिहरूका लागि जेठ महिना समग्रमा ७५ प्रतिशत राम्रो देखिन्छ। तर, २५ प्रतिशत व्यक्तिलाई नराम्रो हुने देखिन्छ। वृष राशिलाई जेठ महिनामा पैसा नहने जोघाउन पर्ने देखिन्छ। जागिरमा मेहनतको कदर हुनेछ, तर कामको दबाबले थकान हुँदा मनमा धेरै नकारात्मक कुराहरू खेल्ने देखिन्छ। परिवारमा जिम्मेवारी बढ्न सक्छ, तर प्रेम र समझदारीले घरको वातावरण सकारात्मक राख्नेछ । आर्थिक रूपमा बैंक, बचत वा लगानीमा सोचेर कदम चाल्दा फाइदा हुन सक्छ, तर अरूको भरमा पैसा लगानी नगर्नुहोला। आध्यात्मिक रूपमा लक्ष्मी पुजा गर्ने, गाईलाई हरियो घाँस खुवाउने र ‘ऊँ शुक्राय नम:’ मन्त्र जप गर्ने हो भने मन शान्त रहनेछ।

यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ८ , ९ , १५ र १६  गते गर्नुहोला, राम्रो हुने देखिन्छ। नयाँ व्यापार क्षेत्रमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने आइतबार नगर्नुहोला, तर यो महिनामा सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने शुक्रबार गर्नुहोला, मन प्रसन्न हुने देखिन्छ। यो राशि हुनेहरूका लागि जेठ २ , १० र २३  गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा वृष राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। वृष राशिलाई यो महिनामा २ , ६ र ७ अंक शुभ देखिन्छ भने १ , ३ र ९ अंक अशुभ देखिएको छ।

मिथुन राशि

मिथुन राशि भएका व्यक्तिहरूका लागि जेठ महिना समग्रमा ७० प्रतिशत राम्रो देखिन्छ। तर, ३० प्रतिशत व्यक्तिलाई नराम्रो हुने देखिन्छ। जेठ महिनामा यो राशिलाई बैंक सम्बन्धी काम, बचत, ऋण वा लगानीका विषयमा सोचेर निर्णय गर्नुपर्ने देखिन्छ। आम्दानीका नयाँ अवसर देखिए पनि अनावश्यक खर्च र हतारमा गरिएको आर्थिक निर्णयले तनाव दिन सक्छ। कागजी काम, डिजिटल बैंकिङ वा लेनदेनमा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। विवाहमा सुनको गरगहना हराउन सक्नेछ। आध्यात्मिक रूपमा बुधबार भगवान गणेशको पूजा गर्ने र हरियो वस्तु दान गर्ने हो भने आर्थिक सन्तुलन र मानसिक शान्ति बढ्ने योग देखिएको छ।

यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ५, ८ र १९ गते गर्नुहोला, राम्रो हुने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने शुक्रबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। पार्टनरशिपमा काम सुरु गर्दै हुनुहुन्छ भने आइतबार बाहेक अन्य दिन सुरु गर्न सक्नुहुनेछ। यो राशि हुनेहरूका लागि जेठ ३ र २४ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा मिथुन राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। मिथुन राशिलाई यो महिनामा ३ , ६  र ९ अंक शुभ देखिन्छ भने १ , ४  र ५ अंक अशुभ देखिएको छ।

कर्कट राशि

कर्कट राशि भएका व्यक्तिहरूका लागि जेठ महिना समग्रमा ७० प्रतिशत राम्रो देखिन्छ। तर, ३० प्रतिशत व्यक्तिलाई नराम्रो हुने देखिन्छ। जेठ महिनामा यो राशीलाई आर्थिक पक्षमा सामान्य सुधारको संकेत देखिएको छ। जग्गा वा सुन जोड्ने उपयुक्त समय रहेको छ। जेठ महिनामा पुरानो योजना अघि बढ्ने सम्भावना छ, परिवारको सहयोग वा पुरानो बचतबाट फाइदा हुने योग छ, जग्गा किन्दा कागजपत्र राम्रोसँग जाँच गर्नुहोला, सानो झन्झट आउने सम्भावना देखिएको छ । सुन वा बचतको रूपमा लगानी गर्दा दीर्घकालीन फाइदा हुन सक्छ, तर लोभ वा अरूको दबाबमा किनमेल भने नगर्नुहोला। दीयो बाल्ने, माता लक्ष्मी वा भगवान शिवको स्मरण गर्दा मन शान्त हुने देखिन्छ।

यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १, ८, १० , ११ , २२  र २९  गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने शुक्रबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। यो महिनामा सेयर बजारमा बिहीबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि जेठ १४ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।  यो महिनामा कर्कट राशि हुनेहरूलाई रातो र सेतो रंग सुभ देखिन्छ भने पहेंलो रंग अशुभ देखिन्छ। कर्कट राशिलाई यो महिनामा १ , २ र ६ अंक शुभ देखिन्छ भने ५ , ७  र ९  अंक अशुभ देखिएको छ।

सिंह राशि

सिंह राशि भएका व्यक्तिहरूका लागि जेठ महिना समग्रमा ९० प्रतिशत राम्रो देखिन्छ। तर, १० प्रतिशत व्यक्तिलाई नराम्रो हुने देखिन्छ। यो महिनामा विदेशको यात्रा हुने देखिन्छ। सीप, टेक्निकल काम, व्यवस्थापन, व्यापार, होटल को काममा राम्रो फाइदा हुने देखिन्छ। विदेश जाने योजना छ भने धैर्य राखेर कागजात र तयारी बलियो बनाउनु होला। यो महिनामा सेल्स, प्रशासन, शिक्षण, अनलाइन काम, वा आफ्नै सानो व्यवसायबाट लाभ हुने मिल्नेछ। सेयर बजारमा सिंह राशिले छोटो समयमा ठूलो नाफाको लोभ गर्दा उतारचढावले तनाव दिन सक्छ। अध्ययन गरेर, थोरैथोरै लगानी गर्नुहोला।

यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ३ , ४ , १० , ११ , १३ , २४ र २५ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार र बुधबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। यो महिनामा शुक्रबार लगानी गर्दा भने धेरै सोच विचार र अध्यन गरेर मात्र लगानी गर्नुहोला। यो राशि हुनेहरूका लागि जेठ २, ९ र ३० गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा सिंह राशि हुनेहरूलाई रातो र हरियो रंग सुभ देखिन्छ भने कालो रंग अशुभ देखिन्छ। सिंह राशिलाई यो महिनामा १, २ र ४ अंक शुभ देखिन्छ भने  ७, ८ र ९  अंक अशुभ देखिएको छ।

कन्या राशि

कन्या राशि भएका व्यक्तिहरूका लागि जेठ महिना समग्रमा ६५ प्रतिशत राम्रो देखिन्छ। तर, ३५ प्रतिशत व्यक्तिलाई नराम्रो हुने देखिन्छ। यो महिनामा काम र आर्थिक पक्षमा विस्तारै सुधार आउने योग छ , तर धेरै सोच्ने बानीले मनमा तनाव बढ्न सक्छ। बैंक, बचत, वा पैसासम्बन्धी निर्णय गर्दा सावधानी अपनाउँदा लाभ हुने देखिन्छ। परिवार वा नजिकका व्यक्तिसँग सानो मतभेद हुन सक्छ, त्यसैले नरम बोली र शान्त व्यवहार देखाउनुहोला । चिट्ठामा इलेक्ट्रोनीक सामान पर्ने देखिन्छ।

यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १४ र २७  गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बुधबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा मंगलबार भने कुनै पनि व्यवसायमा लगानी गर्दा  विचार पूराउनुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि जेठ २  र ३० गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा कन्या राशि हुनेहरूलाई हरियो रंग सुभ देखिन्छ भने कालो रंग अशुभ देखिन्छ। कन्या राशिलाई यो महिनामा ४,६ र ८ अंक शुभ देखिन्छ भने १ , ३ र ७ अंक अशुभ देखिएको छ।

तुला राशि

तुला राशि भएका व्यक्तिहरूका लागि जेठ महिना समग्रमा ८० प्रतिशत राम्रो देखिन्छ। तर, २० प्रतिशत व्यक्तिलाई नराम्रो हुने देखिन्छ। यो महिनामा व्यापार, साझेदारी वा पुरानो कामबाट लाभ मिल्ने देखिन्छ। तर खर्च पनि बढ्न सक्ने भएकाले पैसा सोचेर चलाउनु होला । ऋण, ठूलो लगानी, वा हतारमा गरिएको निर्णयबाट सावधान रहनुपर्ने देखिन्छ । बचत बढाउने र दीर्घकालीन योजना बनाउन यो समय उपयुक्त रहेको छ ।

यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १ , २ , ८ , ९ , १५ , १६ , २९ र ३० गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने अध्यन गरेर शुक्रबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा सेयर बजारमा सोमबार भने लगानी नगर्नुहोला । यो राशि हुनेहरूका लागि जेठ ३ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा तुला राशि हुनेहरूलाई सेतो र कालो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। तुला राशिलाई यो महिनामा ६ , ७ र ९ अंक शुभ देखिन्छ भने १, ३ र ८ अंक अशुभ देखिएको छ।

वृश्चिक राशि

वृश्चिक राशि भएका व्यक्तिहरूका लागि जेठ महिना समग्रमा ८० प्रतिशत राम्रो देखिन्छ। तर, २० प्रतिशत व्यक्तिलाई नराम्रो हुने देखिन्छ। यो महिनामा मनमा केही चिन्ता वा गोप्य तनाव हुन सक्छ, धैर्य राख्नुहोला, काम र आर्थिक पक्षमा मेहनतको फल बिस्तारै मिल्ने देखिन्छ, तर कसैमाथि धेरै भरोसा गरेर निर्णय भने नगर्नुहोला । परिवारमा भावनात्मक उतारचढाव आउन सक्छ, त्यसैले शान्त बोली र संयम आवश्यक देखिन्छ । भगवान शिवलाई सम्झने, ध्यान, वा मंगलबार दीप बाल्दा मन शान्त हुनेछ।

यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १९, २१ र २८  गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने मंगलबार र बिहीबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा सेयर बजारमा बुधबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि जेठ ६ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा वृश्चिक राशि हुनेहरूलाई रातो र पहेंलो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। वृश्चिक राशिलाई यो महिनामा २ , ३ र ४ अंक शुभ देखिन्छ भने ७ , ८ र ९ अंक अशुभ देखिएको छ।

धनु राशि

धनु राशि भएका व्यक्तिहरूका लागि जेठ महिना समग्रमा ७० प्रतिशत राम्रो देखिन्छ। तर, ३० प्रतिशत व्यक्तिलाई नराम्रो हुने देखिन्छ। यो महिनामा पुराना समस्याहरू समाधान हुनेछन् । जोखिमयुक्त लगानीबाट टाढा रहनु नै राम्रो हुन्छ। हरेक कार्य गर्नुपूर्व योजना बनाएर गर्नुहोला। घर वा जमिन सम्बन्धी काम गर्दा पैसा कमाउने योग देखिएको छ। विचार नपुर्याउँदा आर्थिक समस्या वा स्वास्थ्यमा हानि हुने योग छ। विचार गर्नुहोला। अहिले ग्रहहरूको प्रभावले जीवनमा जिम्मेवारी र सोचाइ दुबै बढाएको देखिन्छ। विशेषगरी काम, भविष्यको योजना, र आर्थिक पक्षमा गम्भीर भएर निर्णय लिनुपर्ने देखिन्छ। नयाँ अवसर आउन सक्छन्, तर हतारमा विश्वास गर्दा सानो धोका वा निराशा हुन सक्छ।

यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ३, ४, २४ र २५  गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा बुधबार भने कुनै पनि क्षेत्रमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि जेठ ७ र २७ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा धनु राशि हुनेहरूलाई रातो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। धनु राशिलाई यो महिनामा १ , २ र ८  अंक शुभ देखिन्छ भने ३ , ४ र ७ अंक अशुभ देखिएको छ।

मकर राशि

मकर राशि भएका व्यक्तिहरूका लागि जेठ महिना समग्रमा ६५ प्रतिशत राम्रो देखिन्छ। तर, ३५ प्रतिशत व्यक्तिलाई नराम्रो हुने देखिन्छ। यो महिनामा विदेश जाने योग देखिएको छ, तर ढिलाइ वा प्रक्रिया भने लामो हुन सक्ने देखिन्छ। कामको दबाब बढे पनि अनुभव र आम्दानी दुबै बढ्ने सम्भावना छ, आर्थिक रूपमा हेर्दा भने खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ। शान्त भएर ध्यान गर्ने, शिवको स्मरण गर्ने र धैर्य राख्ने हो भने काममा सफल भइनेछ।

यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ९ , १६ र २३ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्दा विज्ञ व्यक्तिको सुझाब लिनुहोला, यो महिनामा मंगलबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि जेठ १० , १२ र १९ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा मकर राशि हुनेहरूलाई कालो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। मकर राशिलाई यो महिनामा २ , ५ र ७ अंक शुभ देखिन्छ भने १ , ३ र ४ अंक अशुभ देखिएको छ।

कुम्भ राशि

कुम्भ राशि भएका व्यक्तिहरूका लागि जेठ महिना समग्रमा ८० प्रतिशत राम्रो देखिन्छ। तर, २० प्रतिशत व्यक्तिलाई नराम्रो हुने देखिन्छ। घरजग्गाको कारोबार गर्दा समस्या उत्पन्न हुने देखिन्छ । विचार पुराउनुहोला, आफ्नो सामानको सुरक्षा नगर्दा ठुलै क्षती हुने देखिन्छ । पेसा परिवर्तन गर्दा भने सोच विचार गर्नुपर्ने देखिन्छ । आफन्तबाट सहयोग मिल्ने योग छ । पराक्रम बढेर जानेछ ।

यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १, ८, २६ , २७ र २९  गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने मंगलबार, बुधबार र शुक्रबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा सोमबार भने सेयर बजारमा लगानी गर्दा विचार पुर्याउनपर्ने देखिन्छ । यो राशि हुनेहरूका लागि जेठ ३ , १२  र २२ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा कुम्भ राशि हुनेहरूलाई हरियो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। कुम्भ राशिलाई यो महिनामा २ , ३ र ६  अंक शुभ देखिन्छ भने १, ७ र ९ अंक अशुभ देखिएको छ।

मीन राशि

मीन राशि भएका व्यक्तिहरूका लागि जेठ महिना समग्रमा ८५ प्रतिशत राम्रो देखिन्छ। तर, १५ प्रतिशत व्यक्तिलाई नराम्रो हुने देखिन्छ।  स्वस्थमा खर्च हुने देखिन्छ । कर्म गर्नाले अवसर प्राप्त हुने योग छ । सेयर बजारबाट राम्रै लाभ मिल्नेछ । वैदेशिक यात्राको योग देखिएको छ । लामो समयदेखि बिक्री नभएको अचल सम्पत्ति बिक्री हुने योग छ । बोलीमा निखार आनेछ । कृषि कर्ममा सरिक भइनेछ । मुद्दामामिलामा सफल भइनेछ । गरगहना, सामान वा पैसा भने हराउने योग देखिएको छ ।

यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १, ३ , ४ , १० , ११ र २९ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार र शुक्रबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। यो महिनामा बुधबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ । यो राशि हुनेहरूका लागि जेठ ६ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा मीन राशि हुनेहरूलाई रातो र सेतो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। मीन राशिलाई यो महिनामा १ , ६ र ९  अंक शुभ देखिन्छ भने ३ , ७ र ८  अंक अशुभ देखिएको छ।

यो हेर्नुहोस्:

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK