Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री बोल्ने, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने !

अर्थ सरोकार

काठमाडौँ । बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK