Skip to content
LAXMI SUNRISE BANK

बैंकले ‘सिइओ काममै सक्रिय हुनुहुन्छ’ भनेर झुटो विज्ञप्ति जारी गर्दा सिन्धुलीको बसपार्कमा राती के गर्दै थिए पाण्डे ?

अर्थ सरोकार

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तत्कालीन सिइओ ज्योति प्रकाश पाण्डेलाई प्रहरीले २९ बैसाखमै सिन्धुलीबाट पक्राउ गरेको खुलासा भएको छ । रातको ८ बजे सिन्धुली बसपार्कबाट उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

उनी केही समयदेखि बैंक गएका थिएनन् । आफूले बैंक छाडिसकेको खबर संचालकलाई दिएर उनी धेरैसँग सम्पर्कविहीन भइसकेका थिए । 

तर, पाण्डेले बैंक छाडेको खबर सार्वजनिक भएपछि बैंकले हठात् विज्ञप्ति जारी गर्दै पाण्डे कार्यालयकै काममा सक्रिय भएको दाबीसहितको विज्ञप्ति जारी गरेको थियो भने बैंकका सूचना अधिकारी राजेश शर्माले पनि उनी निरन्तर कार्यालय आइरहेको झुटो दाबी गरेका थिए ।

तर बैंकले यस्तो दाबी गरिरहँदा पाण्डे काठमाडौँमा थिएनन् । उनी सिन्धुलीको बसपार्कमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । हाल उनलाई सीआईबीले हिरासतमा राखेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK