Skip to content
LAXMI SUNRISE BANK

अव ‘ग्लोबल भिसा सेवा डटकम’बाट १८० भन्दा बढी देशहरूको भिसा आवेदन दिन सकिने

अर्थ सरोकार

काठमाडौँ । अब अनलाइनमार्फत एकै ठाउँबाट १८० भन्दा बढी देशहरूको भिसा आवेदन दिन सकिने भएको छ । अनलाइन सञ्जाल ‘ग्लोबल भिसा सेवा डटकम’ मार्फत यस्तो सेवा सञ्चालनमा आएको हो ।

भेन्चर्स होलिडेज प्रालिद्वारा प्रवद्र्धित यस प्लेटफर्मले भिसाका सम्बन्धमा नेपालीहरुले भोग्दै आएका प्रकिृयागत समस्यालाइ समाधान गर्न सहज, सुरक्षित र डिजिटल बनाउने लक्ष्य लिएको बताइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुजन पन्तका अनुसार अब प्रयोगकर्ताले एउटै लगइनमार्फत विश्वका १८० भन्दा बढी देशको भिसासम्बन्धी जानकारी प्राप्त गर्न र आवेदन दिन सक्नेछन् ।

त्यस्तै यो सेवाको मुख्य विशेषता नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । ईसेवा, कनेक्ट आईपीएस तथा स्वदेशी र अन्तर्राष्ट्रिय डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सकिने भएकाले धेरै देशको भिसा आवेदनका लागि डलर कार्ड अनिवार्य हुने बाध्यता हट्ने कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK