
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेशमा ८ जना बालबालिकासहित ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट थप ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
दैलेखका २८ जना, सल्यानका २ जना र सुर्खेतका १ जनामा संक्रमण पुष्टी भएको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १९१० पुगेको छ । यस्तै, कर्णालीमा सोमबार मात्रै १४ जना डिस्चार्ज भएका छन् । योसहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या १६५८ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्