Skip to content
LAXMI SUNRISE BANK

लगानीकर्ताको विवरण सुरक्षामा खेलवाड गरेको आरोपमा ८ ब्रोकरमाथि अनुसन्धान सुरु, पुष्टि भए कारवाही गरिने !

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ८ धितोपत्र दलाल (ब्रोकर) कम्पनीमाथि अनुसन्धान अघि बढाएको छ । डेटा सुरक्षा तथा कारोबार प्रणाली सम्बन्धी निर्देशन उल्लंघन गरेको आशंकामा नेप्सेले ८ ब्रोकर कम्पनीमाथि अनुसन्धान अघि बढाएको हो ।

नेप्सेले अनुसन्धान अघि बढाएका ब्रोकरमा मार्केट सेक्युरिटिज (ब्रोकर नम्बर ५), ब्रिलियन्ट सेक्युरिटिज (ब्रोकर नम्बर ८), सगरमाथा सेक्युरिटिज (ब्रोकर नम्बर १८)त्रिशुल सेक्युरिटिज (ब्रोकर नम्बर २९) छन् ।

त्यस्तै, नेप्सेले क्रियटिभ सेक्युरिटिज (ब्रोकर नम्बर ४०), निभ सेक्युरिटिज (ब्रोकर नम्बर ४७), अक्सफोर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ५१) र भृकुटी सेक्युरिटिज (ब्रोकर नम्बर ५५) माथि पनि अनुसन्धान अघि बढाएको छ । 

यी ब्रोकर कम्पनीहरुलाई नेप्सेले डेटा स्टोर, डेटाबेस व्यवस्थापन प्रणाली तथा क्लाइन्ट सूचना सुरक्षासम्बन्धी विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ । यी कम्पनीहरुले साझा डेटाबेस तथा प्रणाली प्रयोग गरेको आशंका गरिएको छ । यसरी एउटै डेटाबेस प्रयोग गर्दा लगानीकर्ताको व्यक्तिगत विवरण, कारोबार सूचना तथा वित्तीय डेटा सुरक्षामा जोखिम उत्पन्न हुनसक्ने बताइएको छ । 

हाल अनुसन्धान अघि बढाएको नेप्सेले छानबिनबाट ब्रोकर कम्पनीहरुले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ (तेस्रो संशोधन २०७९)’ विपरीत काम गरेको पुष्टि भए कारवाही गरिने जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK