काठमाडौँ । समस्याग्रस्त सहकारीका बचतकर्ताले रकम फिर्ता पाउन थालेका छन् । सरकारले समस्याग्रस्त घोषणा भएका कान्तिपुर सहकारी, शिव शिखर बहुउद्देश्यीय सहकारी र पशुपति सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरेको हो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार पहिलो दिन यी तीन सहकारीका ३ सय ७८ जना साना बचतकर्तालाई रकम फिर्ता गरिएको छ ।
जसमध्ये कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ र पशुपति सहकारीका ७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । अब क्रमशः बचतकर्ताहरुको वर्गीकरणका आधारमा रकम फिर्ता गर्दै जाने समितिले जनाएको छ ।
समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने रहेको समितिको भनाई छ । समितिका अनुसार तीमध्ये ५ लाख भन्दा कम बचत भएका बचतकर्तालाई साना बचतकर्ताका रुपमा वर्गीकरण गरिएको छ । त्यस्तै, ५ लाख भन्दा बढी रकम भएका बचतकर्तालाई ठूला बचतकर्ताका रुपमा वर्गीकरण गरिएको छ । ५ लाख भन्दा बढी बचत हुने बचतकर्ताको संख्या १८ हजार छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्