काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला उपसभापति पक्राउ परेका छन् । काँग्रेस डोल्पाका उपसभापति पूर्ण बहादुर शाही पक्राउ परेका हुन् ।
शाहीलाई त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । उनलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उच्च अदालत पाटनले २०७९ कात्तिक ७ गते शाहीलाई बैंकिङ कसुरमा १ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । तर, अदालतको फैसलापछि उनी फरार थिए ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका शाहीलाई अन्ततः पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध जिल्ला अदालत डोल्पामा पनि १० लाखको बैंकिङ कसुर मुद्दा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्