काठमाडौँ । सिप्रदियन सहायता संस्थाले विपद् पूर्वतयारी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई विभिन्न उद्धार सामग्री हस्तान्तरण गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा आयोजित एक कार्यक्रमबीच संस्थाले रेस्क्यु बोट, लाइफ ज्याकेट, प्याडल, हेल्मेट तथा पेट्रोलबाट चल्ने चेन–स लगायतका विपद् उद्धार सामग्री सुनसरी प्रहरीलाई हस्तान्तरण गरेको हो ।
संस्थाबाट प्राप्त सामग्री बाढी, डुबान, हावाहुरी तथा अन्य प्राकृतिक विपद्का बेला उद्धार तथा खोज कार्यमा प्रयोग गरिने प्रहरीले जनाएको छ ।
उक्त कार्यक्रम सुनसरी प्रहरी प्रमुख एसपी केशव कुमार थेबेको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रतिनिधिसभा सदस्य दीपक कुमार साह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।यसैगरी कार्यक्रममा सिप्रदियन सहायता संस्थाका प्रतिनिधिहरू तुलसीजंग बस्नेत, रजत श्रेष्ठ तथा बिमल गौतमलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दीपक कुमार साहले नेपालजस्तो विपद्को उच्च जोखिम रहेको मुलुकमा उद्धार सामग्रीको पर्याप्त उपलब्धता र पूर्वतयारी अत्यन्त महत्वपूर्ण हुने बताए । उनले यस्ता सहयोगले प्रहरीको उद्धार क्षमता अभिवृद्धि हुनुका साथै विपद्का समयमा नागरिकलाई छिटो, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, सुनसरी प्रहरी प्रमुख एसपी केशव कुमार थेबेले विपद्का बेला आवश्यक सामग्रीको अभाव चुनौतीका रूपमा रहने गरेको उल्लेख गर्दै सिप्रदियन सहायता संस्थाले गरेको सहयोग प्रशंसनीय रहेको बताए । उनले प्राप्त सामग्रीले जिल्लामा हुने विपद् उद्धार तथा खोज कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए ।
सिप्रदियन सहायता संस्थाले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् व्यवस्थापन, उद्धार तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने संस्थाले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्