काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा मागेका छन् । प्रतिनिधि सभाको बैठक सुरु हुने बितिकै बोलेका साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।
उनले प्रधानमन्त्री संसदप्रति जवाफदेही नभएको भन्दै मार्ग प्रशस्त गर्न माग गरेका छन् ।
संसदीय नियमावली अनुसार सांसदहरुले राखेका प्रश्नको जवाफ दिन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिँदा उपयुक्त हुने राईको भनाई छ । उनले रक्षा, गृह मन्त्रालय र सीमा सुरक्षाका विषयमा आफूले राखेका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्रीले संसदको गरिमामाथि नै धावा बोलिरहेको भन्दै आपत्ति जनाएका छन् ।
‘आफ्नो कर्तव्य पूरा गर्न सक्नु हुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरी राम्रो ।’, प्रधानमन्त्री शाहलाई इंकित गर्दै साम्पाङले भने, ‘उहाँ नेपाली जनता, लोकतन्त्रद्वारा स्थापित नेपाली जनताको मतद्वारा स्थापित संसदप्रति जवाफदेही हुनुहुन्न भने उहाँ को प्रति जवाफदेही हुनुहुन्छ ? शंका गर्ने ठाउँ छ यहाँ । कोही न कोहीप्रति त उहाँ जवाफदेही हुनुपर्छ नि ।’
त्यस्तै, अध्यक्ष राईले प्रधानमन्त्री साहलाई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्