Skip to content
LAXMI SUNRISE BANK

व्यवसायी दीपक भट्टसहित २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, गोल्छा पनि मुछिए, २० अर्ब बिगो दाबी गर्न माग

अर्थ सरोकार

काठमाडौँ । विवादास्पद व्यवसायी दीपक भट्टसहित २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ । सम्पत्ति शुद्धीकरण विभागले भट्ट र सुलभ अग्रवालसहित २९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको हो ।

विभागले सो सिफारिससहितको अनुसन्धान प्रतिवेदन वैशाख दोस्रो साता नै सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । 

उक्त प्रतिवेदनमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल, उनकी श्रीमती सुभी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष शाहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ । 

त्यस्तै, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन रि-इस्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचानलगायतविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

प्रतिवेदनमा उनीहरुविरुद्ध करिब २० अर्ब रुपैयाँ बिगो कायम गरी मुद्दा चलाउन सिफारिस गरिएको सम्पत्ति शुद्धीकरण विभागका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार उक्त समूहले हिमालयन रि-इन्स्योरेन्ससहित ५ कम्पनीबाट करिब ३ अर्ब ७३ करोड रुपैयाँ गैरकानूनी रुपमा सारेर प्रतिस्पर्धी कम्पनीमा सेयर खरिद गरेको भेटिएको छ । 

हाल सरकारी वकिल कार्यालयले विभागले बुझाएको प्रतिवेदन अध्ययन गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK