Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार १६.३८ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७५८.४९ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३६ कम्पनीको १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, एनआईसी एशिया ब्यालेन्सड् फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK