Skip to content
LAXMI SUNRISE BANK

 देउवा दम्पत्तिलाई पक्राउ नगर्न सर्वोच्चको आदेश, अब के हुन्छ ?

अर्थ सरोकार

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न आदेश दिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले देउवा दम्पत्तिलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो । 

सम्पत्ति शुद्धिकरणको कसुरमा सम्पत्ति शुद्धीकरण विभागको पक्राउ पुर्जीका आधारमा देउवा दम्पत्तिविरुद्ध ‘इन्टरपोल’मार्फत रेड नोटिस समेत जारी गर्ने तयारी गरिएको थियो । 

सम्पत्ति शुद्धीकरण विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएपछि देउवाले वारेसमार्फत अदालतको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए । 

सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा देउवा दम्पत्तिलाई पक्राउ गर्न नमिल्ने सर्वोच्चले फैसला गरेको छ । सो पक्राउ पुर्जीका आधारमा देउवा दम्पत्तिलाई पक्राउ नगर्न पनि सर्वोच्चले आदेश दिएको छ । 

तर, विशेष अदालतबाट नयाँ पक्राउ पुर्जी जारी भए देउवा दम्पत्तिलाई पक्राउ गर्न भने मिल्ने कानून व्यवसायीहरु बताउँछन् । हाल देउवा दम्पत्ति हङकङमा छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK