Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ९.२४ अंकले घट्यो नेप्से परिसूचक, बजार २७७७.१० बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७.१० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४२ कम्पनीको १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ८५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४६ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK