- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले न्युनतम मुल्य परिवर्तन सीमालाई १० पैसा कायम गरेको छ । बोर्डले न्युनतम मुल्य परिवर्तन सीमालाई १ रुपैयाँबाट घटाएर १० पैसा कायम गरेको हो ।
बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संशोधन –धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन) विनियमावली, २०७८) स्वीकृत गरेको छ ।
यो व्यवस्थापछि लगानीकर्ताले प्रतिस्पर्धी मूल्यमा सेयर बेच्ने किन्ने गर्न सकने बोर्डले जनाएको छ । यो व्यवस्थालाई यथाशीघ्र कार्यन्वयनमा ल्याउन बोर्डले नेप्सेलाई निर्देशन दिएको छ । बोर्डले आवश्यक प्रबन्ध मिलाई नेप्सेले कार्यन्वयनमा ल्याउने जनाएको छ ।