काठमाडौँ । बालेन शाह नेतृत्वको नयाँ सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । बजेटका प्राथमिकताहरु समेत सार्वजनिक भइसकेका छन् । बजेट तिब्र रुपमा बन्ने क्रममा छ । बजेट सम्बन्धमा विभिन्न बृत्तमा छलफल र सुझाव प्रेषित गर्ने कार्य पनि भइरहेका छन् ।
आगामी बजेट कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा विभिन्न संघ, संस्था, वर्ग, पक्ष, समुदाय सबै-सबैका आ-आफना तर्क, अपेक्षा र मागहरु छदैछन् । समग्रमा बजेटले सबैका आशा र अपेक्षामा मल्हम लगाउनु पर्छ । अर्थात बजेटले आम जनतालाई न्याय गर्न सक्नुपर्छ ।
बजेट सरकारले काम गरेर देखाउने सबैभन्दा ठुलो औजार पनि हो । बजेटले ३ करोड नेपालीको भात भान्सादेखि दैनिक जनजिवनमा पनि प्रभाव पार्दछ । बजेटले जनताका सपनाहरु पुरा गर्ने दायित्व बेकेको हुनुपर्छ । त्यसकारण बजेट देशको अत्यन्त महत्वपुर्ण कार्यक्रम हो । फलत बजेटको विषयमा सघन बहस, छलफल आवश्यक हुन्छ ।
बजेट बनाउने कार्यदलले जे देख्छ, सरकारी पदाधिकारी, मन्त्री, सासंदहरुले जे देख्छन् । जनताको पिडा, मर्का वा आवश्यकता त्यो भन्दा पृथक पनि हुन सक्छन् । सुगमदेखि दुर्गमसम्मका जनताको आवश्कयता, पिडा, मर्का बुझन् बृहत्तर कोणबाट आउने सुझाव, तर्क, तथ्य, छलफल महत्वपुर्ण हुन्छ । ती सबै कोणबाट आएका सुझावलाई संबोधन गरेर बजेट आउनु पर्छ ।
हुन त हाम्रा विद्धवान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रास्वपा नेतृत्वको सरकारले ल्याउने यसपटकको बजेट रुपान्तरणकारी हुने बताएका छन् । उनले बजेटले विगतको जस्तो ट्रेन्ड तोड्ने बताएका छन् । वाग्लेले कस्तो बजेटको प्रक्षेपण गरेका हुन् त्यसको लागि त आउँदै गरेको जेठ १५ कुर्नै पर्छ । तर देशको वस्तुगत अवस्था भने उनले भने जस्तो कायापलट हुने खालको छैन । किनकी देशको राजस्वको स्रोत अत्यन्त कमजोर छ । जेनजी आन्दोलनपछि ब्यवसायिक वातावरण झन् भत्केको अवस्था छ । फेरी नयाँ बालेन शाह नेतृत्वको सरकारले विभिन्न अनुसन्धानमा ब्यवसायी माथी धरपक्कड सुरु गरेपछि ब्यवसायी त्रसित पनि छन् । भएका उद्योग कलकारखाना पनि आधा मात्र क्षमतामा सञ्चालित छन् । अघिल्ला आर्थिक वर्षहरु भन्दा राजस्वको स्रोत खुम्चिएको अवस्था छ ।
गत वर्ष राजस्व करिव १२ खर्ब भन्दा केही बढी संकलन भएकोमा चालु खर्च अर्थात सरकार सञ्चालन खर्च ११ खर्ब ८० अर्ब ६५ करोड छुट्याइएको थियो । यसरी सरकारको आम्दानीले चालु खर्च नधान्ने अवस्था अहिले छ । चालु खर्चतर्फ नै नेपालले कुल बजेटको ६५ प्रतिशत रकम छुट्याउनु पर्ने अवस्था छ । सार्वजनिक ऋण चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा २९ खर्ब ३३ अर्ब ७९ करोड नाकिसकेको छ । सरकारले विकास बजेट भन्दा वित्त ब्यवस्थापन (ऋणको सावा ब्याज तिर्न छुट्याइने रकम) तर्फ बढी रकम छुट्याउनु पर्ने अवस्था आइसकेको छ ।
विकास बजेट ३ खर्ब हाराहारी छुट्याइने गरिए पनि आर्थिक बर्षको अन्त्यसम्ममा ठेक्का पट्टाको काम अघि नबढ्दा ६०–६५ प्रतिशत पनि खर्च नहुने अवस्था छ । अर्थात सरकारले बार्षिक २ खर्ब रकम पनि विकास बजेट खर्च गर्न सक्दैन । त्यो खालको अवस्था विधमान छ । देशको आम्दानी र खर्चको यो खालको नाजुक अवस्थाबीच सरकारले सर्लक्कै कायाकल्प हुनेगरी रुपान्तरणकारी बजेट ल्याउने कुरा गफ सिवाय केही होइन् । किनकी विगतका पनि बजेट निहित कार्यक्रमहरु नराम्रा होइनन् । बजेट जहिल्यै सुन्दा गुलुयो र मिठो नै आउने गरेको छ । तर त्यसको कार्यान्वय सदै झुर हुने गरेको छ । यो वास्तविकता आम जनताले बुझेका छन् । यस्तोमा पुरै कायाकल्प भनेर शब्दजलप गरेर जनताले पत्याउने छैनन् ।
मुख्य कुरा नयाँ सरकारले सुरुवात देखि नै ब्यवसायीक वातावरण बनाइरहेको छैन । गलत गरेका ब्यवसायीहरुलाई सुन्ने भन्दा एकैचोटी धुन्ने र अदालतले धरौटीमा छाड्नुपर्ने अवस्था छ । मुल रुपमा हिजोको फोहोर सफा गर्ने नाममा ब्यवसायीक वातावरण भत्काउने, रोजगारीका अवस्था भताभुंग बनाउने गर्नु हुदैन । एउटा ब्यवसायीलाई एक हिसावले साधारण ब्यक्ति सरह मात्र सोचेर पनि हुदैन । उसले समाजमा सिर्जना गरेको हजारौं रोजगारीले लाखौंको भान्सा चुलो चलेको हुन्छ । त्यसकारण व्यवसायिक वातावरण सम्बृद्धिको मुल ढोका हो । सरकारले ब्यवसायिक वातावरण जगाउने, शेयर लगानीकर्ताहरु उत्साहित बनाउने गरी बजेट बनाउनु पर्छ ।
अहिलेको समकालिन नेपालको मुल समस्या भनेकै बेरोजगारी हो । त्यो पनि शैक्षिक बेरोजगारी हो । हो, त्यही जरोलाई टेकेर बजेट बनाइनु पर्छ । पुर्बाधार क्षेत्रमा पनि नेपालमा विगतमा धेरै काम भएका हुन् । काम मात्र नभएर सँगसँगै भष्टाचारहरु पनि धेरै भए, जसले गर्दा नेपालमा आजको अवस्था आइपरेको हो ।
उद्यमशीलता र रोजगारी सम्बृद्ध नेपाल बनाउने कुराको कडि हुन् । जतिसुकै पुर्बाधार विकास भएपनि रोजगारी भएनन् भने, उद्यमशीलता मौलाएन भने जनतामा निराशा फैलिन्छ । त्यसकारण यसपटकको बजेट बेरोजगारी समस्या हल गर्नेगरी र उद्यमशीलता मौलाउने कुरालाई प्रमुख प्राथमिकतामा राखेर आउनु पर्छ । सरकारले राष्ट्रिय गौरवका २७ वटा आयोजनालाई प्राथमिकतामा राख्दै आएको छ । त्यो भन्दा पनि देशकै पहिलो प्राथमिकता रोजगारी सिर्जनामा हुनुप¥यो । उद्यमशीलता अभिबृद्धि गर्ने कुरामा हुनुपर्यो । त्यो नभए फेरीपनि जेनजी आन्दोलनहरु भइनै रहन्छन् । देशले विध्वसको भारी बोकीरहनु पर्नेछ । जनयुद्धहरु दोहोरिनेछन् । सामाजिक रुपमा आर्थिक असमानता बढीनै रहनेछ ।
तर देशमा भएरहेका युवा, युवती वा काम गर्नसक्ने जनशक्तिलाई रोजगारी दिने, उद्यमी ब्यवसायी बनाउने तर्फ सोच्न सकियो भने त्यसले तमाम असमानता, विद्रोह वा विध्वसंको कारणहरु मथ्थर गर्नेछन् । रोजगारी र अवसरहरुले मानिसहरु आफै आफना स्तरउन्नती गर्नेछन् । अहिले ९० लाख नेपालीहरु मुलुक बाहिर छन् । त्यसको कारण यसअघिका धेरै सरकारले रोजगारी सिर्जनामा ध्यान दिन नसक्दाको परिणाम हो । बेरोजगार वा गरिव हुनु भनेको आजको आधुनिक, प्रतिपर्धि युगमा नरक बराबर हो । सरकारले युवाहरुलाई वेवास्ता गरेर सधैँ नरक तुल्य जिवन जिउन बाध्य पार्नु हुन्न । विदेशीको दैलो चर्हाने बनाउनु हुदैन । विगतको र अहिलेको बजेटमा यही फरक हुनुपर्छ । बृहत्तर रोजगारी र उद्यमशीलता सिर्जना गर्ने गरी सोचिनु पर्छ ।
बेरोजगारी भएपनि मानिसहरु अराजक गतिविधिमा अल्झिने सम्भावनाहरु हुन्छन् । कामकाजी भएपछि मान्छेको ध्यान आफ्नो डिउटीमा हुनेछ । त्यसैले आगामी बजेटमा व्यवसायिक वातावरण बनाउने, उद्यमी बन्नका लागि युवाहरुलाई ब्यापक सिप, बिउ पुँजी र तालिम दिने गरी बजेटमा ठुलो कोष छुट्याउन जरुरी छ । हालका बर्षहरुमा सरकारले आफनो तर्फबाट बार्षिक ३–४ हजारलाई पनि नयाँ रोजगारी दिन सकेको छैन । नीजि क्षेत्रले जिडीपीको ८५ प्रतिशत हिंस्सा ओगट्छ, तर नीजि क्षेत्रलाई पनि सरकारले रोजगारी सिर्जना गर्ने गरी वातावरण बनाउन सकेको छैन ।
हिजोआजका बर्षहरुमा बार्षिक ५ लाख हाराहारी नयाँ युवाहरु श्रम बजारमा आउने देश नेपालमा बजेटको प्राथमकिता भने सधै अर्कैतिर हुन्छ । त्यसपछि युवाहरु झोलीतुम्बो बोकर विदेशीका आँगन चर्हान विवश हुन्छन् । हो, त्यस्तै खाले बजेट ल्याउने हो र त्यसैलाई रुपान्तरणकारी भन्ने हो भने बेग्लै कुरा । नभए ठुला कुरा नगरी देशको भयावह बेरोजारीको अवस्थालाई मध्यनजर गरी यो पटकको बजेट युवामुमी र बेरोजगारी समस्या हल गर्नमा केन्द्रित होस् ।
-रिसव गौतम (गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्