Skip to content
LAXMI SUNRISE BANK

बुधबार ४.९९ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७८२.१० बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ७१ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कलिन्चोव्क हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, १०.२५% सानिमा डिबेन्चर २०८९का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK