Skip to content
LAXMI SUNRISE BANK

सुशीला कार्की, सुदन गुरुङ र रवि लामिछानेमाथि पनि अनुसन्धान गर्न सिफारिस

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ । जेन-जी आन्दोलनबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदन सार्वजनिक गर्दै आयोगले कार्कीमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको हो । 

प्रतिवेदनमा कार्कीमाथि प्रदर्शनको अभियन्ता, आह्वानकर्ता एवम् समर्थकको सूचीमा राख्दै जेन-जी आन्दोलनमा उनको भूमिकाबारे सूक्ष्म रुपमा छानविन गर्न सिफारिस गरिएको छ । 

आयोगले प्रतिवेदनमा कार्कीले प्रदर्शन हुनुअघि, प्रदर्शनका क्रममा र प्रदर्शनपछि सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्ति र उनको सक्रियताले आन्दोलनलाई कस्तो दिशा दियो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने देखिएकोले अनुसन्धान गर्न सिफारिस गरेको छ । 

त्यस्तै, आयोगले जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट रवि लामिछाने बाहिर निस्किनुमा कसको संलग्नता थियो ? भन्ने विषयमा पनि अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ । आयोगले सो विषयमा रास्वपा सभापति रवि लामिछाने, जेलर सत्यराज जोशी र सांसदहरु मनिष झा र हरि ढकालमाथि पनि अनुसन्धान गर्न र दोषी पत्ता लगाएर कारवाही गर्न सिफारिस गरेको छ । 

यता आयोगले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि पनि अनुसन्धान सिफारिस गरेको छ । शान्तिपूर्ण गर्ने भनिएको प्रदर्शन नियन्त्रण बाहिर गई हिंसात्मक रुप लिँदा पनि त्यसलाई रोक्न नसकेको निष्कर्षसहित गुरुङसहित पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल र खेमराज साउडमाथि पनि सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK