Skip to content
LAXMI SUNRISE BANK

आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने !

अर्थ सरोकार

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ ।

शुक्रवार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री ड. स्वर्णिम वाग्लेले सो विश्वास व्यक्त गरेका हुन् । उनले बजेट कार्यान्वयनका लागि सघाउ पुर्याउने गरी मौद्रिक नीति जारी हुने पनि बताएका छन् ।

‘आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने तथा मूल्य अभिवृद्धिदर ६ प्रतिशत भित्र सीमित रहने विश्वास लिएको छु ।’,  उनले भने, ‘बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउन पुग्ने गरी नेपाल राष्ट्र बैकबाट मौद्रिक नीति जारी हुनेछ ।’

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा मूल्य अभिवृद्धिकर ६ प्रतिशतमा सीमित राख्ने पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK