Skip to content
LAXMI SUNRISE BANK

तीन करोडको सुनसहित सुनचाँदी व्यवसायी अग्रवाल पक्राउ

अर्थ सरोकार

काठमाडौँ । सुर्खेत प्रहरीले तीन करोड रुपैयाँ बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका-६ स्थित ‘शिव ईम्पोरिय’ पसलबाट पक्राउ गरेको हो ।

उनको उक्त पसलबाट तीन करोड रुपैयाँ बराबरका सुनचाँदीका गहनासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जनाएका छन् ।

बोहराका अनुसार व्यापारी अग्रवालबाट विभिन्न दरका नेपाली रुपैयाँ दुई लाख १९ हजार ५००, विभिन्न दरका भारतीय रुपैयाँ आठ लाख ११ हजार ९०० रुपैयाँ बरामद गरिएको छ । 

साथै नगद रुपैयाँ गन्ती गर्न प्रयोग हुने मेसिन एक थान र विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएको बट्टा (पोका) र डिब्बा गरी १८५ थान अनुमानित तीन करोड बराबरको सुनचाँदीका गरगहना बरामद गरिएको बोहराले बताएका छन् ।

हाल पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK