Skip to content
LAXMI SUNRISE BANK

मंगलबार २२.२१ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७७७.५८ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४६ कम्पनीको १ करोड १३ लाख ८५ हजार १०० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब २६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४६ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, नबिल डिबेन्चर २०८५का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK