Skip to content
LAXMI SUNRISE BANK

सोमबार २०.२७ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५६ कम्पनीको ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सेन्ट्रल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK