काठमाडौँ । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट खानतलासी गर्दा भन्सार छलेका विभिन्न सामान बरामद गरेको छ । सामानहरू लुकाइछिपाई राखिएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले भन्सार छलेका सामान बरामद गरेको हो ।
सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित कोठहीमाई पथमा रहेको एक व्यापारीको गोदाममा खानतलासी गर्दा भन्सार छलेका रु ४१ लाख ३२ हजार २२४ मूल्यबराबरका विभिन्न सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।
खानतलासी गर्दा रु २३ लाख ३२ हजारबराबरको ५३ बोरा खरबुजाको बीउ, रु पाँच लाख ७० हजार २४० मूल्यबराबरको ४४ कार्टुन कोलगेट, रु ११ लाख ३५ हजार मूल्यबराबरको २२७ बोरा ओखर, रु ९५ हजार मूल्यबराबरको ३८ बोरा मकै बरामद गरिएको हो ।
प्रहरीले बरामद गरेका सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्