Skip to content
LAXMI SUNRISE BANK

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, तपाईंलाई पर्यो ?

अर्थ सरोकार

काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बुधबार सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो । 

कम्पनीले जेठ ८ गते प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका दरले २८ करोड ७० लाख रुपैयाँ बराबरका २८ लाख ७० हजार कित्ता सेयर निष्कासन गरेको थियो । 

कम्पनीको सो आईपीओमा कुल २९ लाख १ हजार ९ सय २४ जनाले ३ करोड १५ लाख ९२ हजार २ सय ५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २८ लाख ६० हजार ७ सय ६६ आवेदन मात्र स्वीकृत भएका छन् । 

मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आईपीओ गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरेको छ । कुल २ लाख ८७ हजार जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK